‘द हन्ड्रेड’ क्रिकेटमा एक लाख पाउण्ड सन्दिपलाइ ओभलले खरिद

नेपाली युवा बलर सन्दिप लामिछाने बेलायत र वेल्समा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगितामा एक लाख पाउण्डमा खरिद भएका छन ।

सन्दिपलाई ओभल इन्भिनसिभल्सल टिममा एक लाख पाउण्डमा खरिद गरेको छ । पहिलो राउण्डमा उनी अनुबन्ध भएको टिमले सुनील नारानेलाई लिएको थियो भने दोस्रो राउण्डमा साम बिलिङ र सन्दिपलाई पिक गरेको थियो ।

यो टिमका प्रशिक्षक टम मुडी रहेका छन भने घरेलु मैदान ओभल रहेको छ । यस्तै टिमका मार्की वा इंग्ल्याण्ड खेलाडी साम कुरान रहेका छन । टिममा लोकल आइकन खेलाडीका रुपमा जेसोन रोय र टोम कुरान रहेका छन ।

सन्दिप केहि दिन अगाडी ४५ हजार डलरमा टी-१० क्रिकेटमा बिक्रि भएका थिए । सन्दिप विदेशी फ्रेन्चाइजी लिगमा अनुबन्ध भएकाे याे अहिलेसम्मकै ठुलाे रकम हाे । दाेस्राे सिजन बिग ब्यास लिग खेल्ने तयारीमा रहेका सन्दिपले मेलबर्न स्टार्सबाट खेल्नेछन । त्यसमा पनि उनले यसपटक माेटाे रकम पाउने छन ।

ड्राफ्टमा रहेका खेलाडीमा अफगानिस्तानका तीन खेलाडी विक्रि भएका छन । जसमा अलराउण्डर तथा पूर्व कप्तान मोहम्मद नाबीलाई लण्डन स्प्रिटले एक लाख पाउण्डमा किन्यो भने रासिद खानलाई ट्रेन्ट रकेट्सले एक लाख २५ हजार पाउण्ड टिममा लियो । यस्तै अर्का अफगान खेलाडी मुजीव उर रहमानलाई नोर्दन सुपरचार्जसले एक लाख २५ हजार पाउण्डमा टिममा भित्र्यो ।

सन्दिपको टिममा रहेका चर्चित खेलाडी
टोम कुरान, रेली रोस्वो, साम कुरान, जेसोन रोय, सुनील नारान, साम बिलिङ

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest