दक्षिण अफ्रिका फलाेअनमा

भारतविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट क्रिकेटमा दक्षिण अफ्रिका फलो अनमा परेको छ । भारतले पहिलाे पारीमा बनाएकाे ४९७ रन पक्ष्याएकाे दक्षिण अफ्रिका पहिलो इनिङ्समा मात्र १६२ रनमा अलआउट भयो ।

पहिलो पारीमा ३ सय ३५ रनले पछि परेपछि दाेस्राे पारी सुरू गरेकाे दक्षिण अफ्रिकाले खराव सुरूवात गरेकाे छ ।

दक्षिण अफ्रिकाका लागि जुबाएर हाम्जाले ६२ रन तथा जर्ज लिन्डेले ३७,  र टेम्बा बाभुमाले ३२ रन बनाउँदा बाँकि खेलाडी एकपछि अर्काे रूपमा पेभेलियन फर्किए ।

दक्षिण अफ्रिकाकाे पारीलाई ध्वस्त पार्न उमेश यादवले ३, मोहमद शामी, शाहबाज नादीम र रबिन्द्र जडेजाले २ र २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले ४ सय ९७ रन बनाएको थियो । उसका लागि रोहित शर्माले २ सय १२ रन बनाएका थिए भने अजिन्का रहानेले ११५ रनको शतकीय इनिङ्स खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest