डब्लुसीएलमा पाेखराकाे सान्त्वना जित

काठमाडौंमा जारी वुमन्स च्याम्पियनस लिगमा पोखरा पल्टनले जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ । उसले आफ्नो अन्तिम खेलमा ललितपुर फाल्कोन्सलाई छ विकेटले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको फाल्कोन्सले २० ओभरमा सात विकेट गुमाउँदै एक सय २२ रन बनायो । ६ रनमा पहिलो विकेट गुमाएको उसले ३९ रनमा चार विकेट खेर फाल्यो ।

उसका गिता गोसाई र रोशनी बोहोरा एक एक रनमा आउट भए भने कप्तान नेरी थापा आठ तथा करुणा भण्डारी पनि मात्र एक रनमा पेभेलियन फर्किइन । उसका लागि ममता चौधरीले ५२ तथा कबिता जोशीले ३१ रनको योगदान गरिन । बलिङमा पोखराका लागि सीता रानामगरले दुई विकेट लिइन ।

जवाफमा पोखराले १७ ओभर २ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

उसले पनि सुरुवात भने राम्रो गर्न सकेन । पाँच रनमा तीन विकेट गुमाएको पोखराका लागि कबिता कुवँरले रन बनाइन भने बिन्दु रावलले बनाइन ।

उसकी रेवती धोमी, सिता रानामगर एक एक रनमा आउट हुँदा रुबी पोडारले खाता खोल्न सकिनन् । तर त्यसपछि कबिताले ६१ रन बनाइन भने विन्दुले ४० रनको योगदान गरिन ।

यी दुई खेलाडीले उत्कृष्ट सतकीय साझेदारी गर्दै टिमलाई जित दिलाइन । जारी प्रतियोगितामा यो साझेदारी अहिलेसम्म कै उच्च हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest