पीपीएलकाे मिती एक महिना सर्याे

पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिगको नयाँ मिती सार्वजनिक भएको छ । नयाँ मिती अनुसार पीपीएल डिफेम्बर १४ देखि २८ तारिखसम्म हुनेछ ।

यसअघि नोभेमब्र १२ देखि २३ तारिखसम्म हुने भनिएको प्रतियोगिता यू–१९ क्रिकेट टिम भारत जाने भएकाले सरेको हो । यसका साथै सोहि समयमा एमसीसीले नेपाल भ्रमण गर्ने भएकाले पनि यो प्रतियोगिताको मिती सारिएको हो ।

पोखरा रंगशालामा हुने प्रतियोगिताको तयारी सुरु भइसकेको छ । जसमा ६ वटा फ्रेन्चाइजी टिमले सहभागिता जनाएका छन । यसपटक हरेक टिममा तीन वटा विदेशी खेलाडीलाई राख्न पाउने बनाइएको छ ।

प्रतियोगितामा ६ फ्रेन्चाइजी टिममा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं रोयल्स र धनगढी ब्लुज रहेका छन । गत संस्करणको विजेता पोखरा पल्टन रहेको थियो । यस्तै प्रतियोगिताको विजेताले गत संस्करणमा २७ लाख रुपैयाँ पाएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest