डब्लुसीएलकाे फाइनल प्रवेशका लागि काठमाडाैं र विराटनगर भिड्दै

उमन्स च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि आज क्याट क्वीन्स काठमाडौं र विराटनगर टाइटन्स सामने सामने हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा बिहान साँढे ११ बजेदेखि खेल सुरु हुने यो खेलको विजेताले उपाधिका लागि बिहीबार चितवन राहिनोजसँग खेल्नेछ । चितवनले लिग चरणमा चारै खेल जितेर सोझै सेमिफाइनलमा पुगेको थियो ।

राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको काठमाडौंले लिगको पहिलो खेलमै पराजय ब्यहोरेको थियो । तर रुविनाकै सानदार प्रदर्शनको सहयोगमा त्यसयता तीनै खेलमा जित निकालेर ६ अंकसहित क्वालिफायरमा पुगेको हो ।

विराटनगरको अवस्था भने फरक रह्यो । राष्ट्रिय टोलीकी मुख्य ब्याट्सम्यान सरीता मगरको नेतृत्वमा रहेको विराटनगरले सुरुआती २ खेलमा प्रभावशाली जित हासिल गरे पनि त्यसयता २ खेलमा पराजित भएपछि ४ अंकसहित क्वालिफायरमा पुगेको हो ।

लिग चरणमा विराटनगरले काठमाडौसँग पनि हारेको थियो । १३९ रनको लक्ष्य पछ्याएको विराटनगरले ८७ रनमात्र जोड्न सकेको थियो ।
विराटनगरका लागि कप्तान सरीताको लय चिन्ताको विषय बनेको छ ।

ज्योति पान्डेको प्रदर्शनमा अधिक निर्भर रहेको विराटनगरका लागि सरीता लगायतका खेलाडीहरुको लय चिन्ताको विषय बनेको छ । अन्य टिमको तुलनामा विराटनगरको फिल्डिङ र बलिङ उत्कृष्ट छ । काठमाडौंकी कप्तान रुविना प्रतियोगितामा २ अर्धशतक प्रहार गर्ने एक्ली ब्याटर हुन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest