क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिगको फाइनलमा

क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । बिराटनगर टाइटन्सलाई नौ विकेटले हराउँदै क्याट क्विन्सले फाइनलमा स्थान बनाएको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ३ बलमा अलआउट हुँदै ६८ रनमा समेटियो ।

विराटनगरका लागि सोनु खड्काले सर्वाधिक ३४ रन जोडिन् । यस्तै ज्योति पाण्डेले १२ तथा आरती बिडारीले ११ रन जोडिन् ।

विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले ४ विकेट लिईन् ।

जवाफमा क्याट क्विन्सले ९ ओभर पाँच बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका जितमा अप्सरी बेगमले २७ तथा कप्तान रुवीना क्षेत्रीले ३४ रनको योगदान गरिन । अब काठमाडाैंले उपाधिका लागि बिहिबार चितवनसँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest