Cricnepal.com
Friday, January 15, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

डब्लुसीएलकाे उपाधि जित्ने दुबै कप्तानकाे दाबी

by cricnepal.com Staff
October 23, 2019 - Updated on October 24, 2019
0

वुम्नस च्याम्पियन्स लिगकाे उपाधिका लागि भाेली क्याट क्विन्स काठमाडाैं र चितवन राइनाेज विच प्रतिस्पर्धा हुँदैछ । फाइनल अगाडी चन्द्रागिरीमा भएकाे पत्रकार सम्मेलनमा बाेल्दै क्याट क्विन्सकी कप्तान रूविना क्षेत्री उपाधिका बारेमा गरिएकाे कुराकानीः

हामीले सुुरुमा हारेकाले त्यसको गल्ति सच्याउँदै खेल्ने तयारीमा छौं । कसरी राम्रो खेल्ने भनेर हामीले प्लानिङ गर्छौं । एक खेलमा पराजित भए पनि पछिल्ला खेलमा गरेको प्रदर्शनका आधारमा राम्रोसँग खेल्ने तयारीमा छौं । अहिलो हाम्रो टिमले कसरी बेस्ट क्रिकेट खेल्छ भन्ने कुरामा फोकस हुन्छौं । फाइनल एकदमै प्रतिस्पर्धात्मक हुन्छ जस्तो लागेको छ ।

किनभने दुवै राम्रो टिम फाइनलमा पुगेका छौं । सवैलाई उत्सुकता पनि छ फाइनल कस्तो होला भनेर । हामी त्यस्तै खालको गेम खेल्ने कोशिस गर्छौं । एउटा लस पछाडि जस्तो किसिमले टिमले कम्ब्याक गरको छ । एकदमै फाइटिङ स्प्रिट देखाएको छ । हिजोको म्याचमा ४४ रन बनाउँदासम्म विकेट लिन नसकेपनि ७० मा प्याक गर्नु भनेको एकदमै राम्रो प्रदर्शन हो । मेरो टिमका खेलाडीहरुलाई थाहा छ की हामी कस्तो पोजिसनमा रहन्छौं भनेर । एउटा कन्फिडेन्स बढेको छ । सवै टिम जितको भोको हुन्छन् ।

हामी पनि त्यही अनुसार भोलि जित्नेमा विश्वस्त छौं । यो प्रतियोगिता एकदमै राम्रो भयो । म्यानेजमेन्ट, मिडिया सबैले राम्रो सहयोग गर्नुभयो । जसरी हुन्छ महिला क्रिकेटलाई प्रमोट गर्नुपर्छ भनेर लाग्नु भएको छ । त्यो देख्दा हामीलाई अझै आत्मविश्वास बढेर आउँछ । अहिले हामीले चाहेको जस्तो माहोल बनेको छ ।

म टिम क्याप्टेन भइसकेपछि मेरो जिम्मेवारी धेरै नै छ । यो टुर्नामेन्ट ओभर अल देशकै कप्तान भएर पनि एक्जाम्पल सेट गर्नुपर्ने छ । हाम्रो टिममा भएका खेलाडी सबैले आफै जिम्मेवारी लिन तयार र सक्षम छ । म रुविना भन्दा पनि मेरो टिमका अरु खेलाडीले प्रदर्शन गरेको देख्दा एकदमै खुशी हुन्छु । भोलिको फाइनलमा म राम्रो त खेल्छु नै अरुले पनि राम्रो खेलेर अझ राम्रो गर्न सकिन्छ की भन्ने हो ।

यो प्रतियोगिता नेपालमै आयोजना हुन लागेको साग गेम्सको तयारीको रुपमा पनि लिएको छु । अहिलेको जस्तो माहोल एकै पटक सागमा फेस गरेको भए अलि अप्ठेरो हुन्थ्यो । यो प्रतियोगिताले हामीलाई फेस गर्न सहज बनाएको छ । अहिलेको अवस्थामा महिला क्रिकेटका लागि डव्ल्यूसीएलले नयाँ आशाको सञ्चार गरेको छ ।

यता चितवनकी कप्तान इन्दुले पनि टिम उपाधिका लागि तयार रहेकाे प्रतिक्रिया दिइन । उनले भनिन- एकदमै उत्साहित छु । सबै म्याच जितेर आएका छौं । भोलि फाइनल भएकाले जस्तो खेलेका छौं त्यसैलाई निरन्तरता दिने छौं । र फाइनल जित्ने छौं । फाइनल जित्नेमा एकदमै कन्फिडेन्स छौं । चार वटै गेम जितेको कारणले मेरो टिमका खेलाडीमा कन्फिेन्डेन्स एकदमै हाइ नै छ ।

काठमाडौंले हामीसँग हारेको हो । तर उसले पनि पछिल्ला चार गेम जित्दै फाइनलसम्म आएकाले भोलिको म्याचमा हाम्रो चितवनले अझै बढी कन्फिडेन्स बुस्टअप गरेर जाने छौं । तर नतिजाका लागि भोलि हेरौं । प्रतियोगिता एकदमै राम्रो भयो । यत्रो लिग नेपालमा हुनु भनेको धेरै ठूलो कुरा हो । यो प्रतियोगिताले नेपाली महिला क्रिकेट टिमलाई धेरै नै फाइदा दिएको छ ।

कति लुकेका महिला खेलाडीहरु यो प्रतियोगिताका कारण देखिन पाएका छन् । मेरो व्यक्तिगत प्रदर्शनको कुरा गर्ने हो भने शुरु को एक दुई वटा म्याचमा म सन्तुष्ट छैन । त्यसपछिका खेलमा राम्रो नै भएको छ । भोलिको प्लानिङ गरिरहेका छौं । अहिलेसम्म सवै खेलाडीले हन्ड्रेड प्रतिशत दिएर नै यो नतिजा पाएका छौं सबैले बेस्ट दिएर खेल्ने हो । हामी जित्नकै लागि खेल्छौं ।

Tags: Chitwan Rhinos WomenKat Queens Kathmandu

सम्बन्धित समाचार

वुमन्स च्याम्पियन्स लिगको उपाधि चितवन राइनोजले जित्याे

क्याट क्विन्स वुमन्स च्याम्पियन्स लिगकाे प्ले अफमा

ललितपुर फाल्कोन्सले क्याट क्विन्स काठमाडौंलाई मात्र एक सय ६ रनको लक्ष्य

क्याट क्वीन्स काठमाडौंकाे लगातार तेस्राे जित

चितवन प्लेअफमा पुग्दा पाेखरा प्रतियाेगिताबाट बाहिर

वुमन्स च्याम्पियन्स लिगमा चितवनकाे लगातार दोस्रो जित

Load More
Next Post

भारतमा हुने टेष्ट सिरीज ५ ठाँउमा मात्र हुनुपर्छ-काेहली

गाैतमबुद्ध रंगशालाकाे डीपीआर सार्वजनिक

Discussion about this post

मुख्य समाचार

पीएम कपमा आर्मीले गण्डकी लाई ९८ रनले हरायाे

आर्मीले गण्डकी प्रदेशलाई दुई सय ८८ रनको लक्ष्य

भारत र अष्ट्रेलियाकाे चौथो टेस्ट खेल शुरु, अष्ट्रेलिया टस जितेर ब्याटिङमा

January 15, 2021
Match 1
NAC
287/6
Gandaki
189/10
Nepal Army won by 98 runs
Scorecard | Series Home
January 3, 2021
Final
PRO1-W
105/4
APF-W
99/7
PRO-1 Women won by 6 runs
Scorecard | Series Home
January 2, 2021
2nd Semi-final
LUM-W
52/10
PRO1-W
55/0
PRO-1 Women won by 10 wickets (with 67 balls remaining)
Scorecard | Series Home
1st Semi-final
SUD-W
60/7
APF-W
61/1
APF Women won by 9 wickets (with 6 balls remaining)
Scorecard | Series Home
December 31, 2020
Match 12
PRO1-W
147/1
GAN-W
7/10
PRO-1 Women won by 140 runs
Scorecard | Series Home
Match 11
SUD-W
76/4
BAG-W
48/9
Sudur Paschim Province Women won by 28 runs
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal