भारतमा हुने टेष्ट सिरीज ५ ठाँउमा मात्र हुनुपर्छ-काेहली

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले घरेलु मैदानमा पाँच वटा स्थान मात्र टेष्ट क्रिकेटका लागि उचित रहेको बताएका छन । उनले कुन कुन स्थान नभनेपछि टेष्ट खेलहरु सबै स्थानमा भन्दापनि निश्चित मैदान तोकेर खेलाउनु पर्ने बताए ।

कोहलीले भारतले टेष्ट भेन्युहरु निश्चित तोक्नुपर्ने अवस्था आएको हो भन्ने प्रश्नमा उनले यसो बताएका हुन । बुझिएअनुसार भारतले ठुला शहर कोलकाता, मुम्बई, चेन्नेई, दिल्ली र बैंग्लोरमा टेष्ट भेन्यु निश्चित गर्नुपर्ने उनको भनाई छ ।

भारतले आफ्नो देशमा रहेका हरेक मैदानमा रोटेसन प्रणालीमा सबै फरम्याटका क्रिकेट प्रतियोगिताहरु गरिरहेको छ । हालै दक्षिण अफ्रिकाले भारत विरुद्धको सिरीज तीन वटा स्थानमा मात्र खेल्न पायो । जसमा राँची, पुणे र भिशाखापट्नममा दक्षिण अफ्रिकाले खेलेको थियो ।

कोहलीले इंग्ल्याण्डको उदाहरण दिदै उनीहरुले टेष्ट भेन्युका रुपमा प्रायः सधै ६ वटा मैदानलाई प्रयोग गर्छ, भारतमा पनि त्यस्तै मुख्य शहरमा मात्र टेष्ट खेलाएमा निकै उत्कृष्ट हुने बताए ।

यस्तै अष्ट्रेलियाले पनि ६ वटा शहरमा मात्र टेष्ट खेलाउने गरेको छ । यस्तै दक्षिण अफ्रिका र न्यूजिल्याण्डले टेष्ट भेन्यु भनेर मैदानहरु तोकेको छ । तर भारतमा पनि अब यो गर्नुपर्ने बताए ।

भारतले घरेलु मैदानमा खेलेका टेष्ट खेलमा विभिन्न २७ वटा भेन्युमा खेलेको छ । जसमा १८ वटा मैदानमा उसले प्रतिस्पर्धा गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest