गाैतमबुद्ध रंगशालाकाे डीपीआर सार्वजनिक

चितवनको रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर सार्वजनिक गरिएको छ ।

रंगशाला निर्माणको नेतृत्व गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले आज भरतपुरमा सरोकारवालाको बीचमा रंगशालाको डीपीआर सार्वजनिक गरेको हो । फाउण्डेसनका अध्यक्ष सीतारामा कट्टेलले रंगशालाको डीपीआर निर्माण गर्न निकै मेहनत गरिएको बताए ।

स्थानीयको एक समूहले रंगशालाको बार भत्काएपछि उत्पन्न परिस्थितिका कारण डीपीआर निर्माणमा केही ढिलाई भए पनि सबैको मेहनतले डीपीआर तयार पारिएको कट्टेलको भनाई थियो ।

उनले रंगशालाको डीपीआर निर्माण भए पनि सोँचे अनुरुपको सहयोग संकलन हुन नसकेको भन्दै आर्थिक अभावका कारण रंगशाला निर्माणमा ढिलाइ हुने शंका व्यक्त गरे ।

उनले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको भन्दै आम चितवनवासीको सहयोग बिना रंगशाला निर्माण हुन नसक्ने बताए ।
रंगशालाको भारतीय कम्पनिको सहयोगमा नेपाली कम्पनि क्रियटिभ डिजाइन आर्किटेक्टस प्रालिले डीपीआर निर्माण गरेको हो ।

डीपीआर निर्माण भएसंगै रंगशाला निर्माणका लागि २ अर्ब ६४ करोड रुपैयाँ खर्च लाग्ने भएको छ । रंगशाला कमलको फूलको आकारमा निर्माण गरिने छ । रंगशालामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को मापदण्ड अनुसार पाँच वटा पीच निर्माण गरिने भएको छ ।

रंगशाला ३० हजार दर्शक अट्ने क्षमताको बन्ने छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest