नयाँ टी-ट्वान्टी वरियतामा नेपाल १३ औं स्थानमा यथावत

आईसीसीको नयाँ टी-ट्वान्टी वरियतामा नेपाल १३ औं स्थानमा यथावत रहेकाे छ । आइसीसीले सार्वजनिक गरेकाे नयाँ बरियतामा नेपाल १३ औं स्थानमा रहन सफल भएकाे हाे।

पछिल्लाे बरितयामा नेपालले २१ खेलबाट १९० रेटीङ पाएको छ । नेपालले पछिल्लाे पटक २ वटा टी २० सिरीज खेलेकाे थियाे । जसमा सात खेलमा तीनमा जित तीनमा हार र एक नतिजा विहिन भएकाे थियाे ।

यता एसाेसियटमा भने नेपाल तेस्रो स्थानमा छ । नेपाल भन्दा अगाडी स्कटल्याण्ड र युएई रहेका छन् । टेष्ट मान्यता पाइसकेका जिम्बावे र आयरल्याण्ड नेपाल भन्दा तल रहेका छन ।

वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest