वुमन्स च्याम्पियन्स लिगको उपाधि चितवन राइनोजले जित्याे

वुमन्स च्याम्पियन्स लिगको उपाधि चितवन राइनोजले जितेको छ । पहिलो संस्करणको च्याम्पियन बन्ने क्रममा चितवनले क्याट क्विन्स काठमाडौंलाई ४५ रनले हरायो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले चितवनले निर्धारित ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो । पहिलो विकेटका लागि चितवनका काजल श्रेष्ठ र कन्चन श्रेष्ठले ४९ रनको साझेदारी गरेका थिए । काजल श्रेष्ठ २१ रन बनाएर आउट हुन पुगिन् । उनले २८ बलमा २ चौक्का प्रहार गरेकी थिइन् ।

[match_center id=”34448″]

त्यसपछि चितवनले ४९ रनमै दोस्रो विकेट खेर फालेको थियो । रितु कनौजीया र सुमन खतिवडाले चितवनको स्कोर अघि बढाएका थिए । २५ बल सामना गरेकी सुमनले २९ रन बनाउँदा ५ चौका प्रहार गरेकी थिइन् । ८४ रन हुँदा सुमन आउट हुन पुगेकी थिइन् । अन्तत काठमाडौं ६७ रनमा समेटिन पुग्यो ।

जवाफमा काठमाडौं २० ओभरमा ६७ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा अप्सरी बेगमले १५ तथा ममता थापाले १३ रन बनाउँदा अरु खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

नौ रनमा पहिलो विकेट गुमाएको काठमाडौंको विकेट झर्ने क्रम लगातार रह्यो । उसले १५ रन बनाउँदा चार विकेट खेर फालेको थियो । उसको पारीमा उच्च साझेदारी २५ रनको थियो । जुन अप्सरी र ममता विच भएको थियो ।

निकै कमजोर ब्याटिङका कारण राष्ट्रिय टिमकी कप्तान रुवीना क्षेत्रीको नेतृत्वमा रहेको काठमाडौंले ५१ रनमा आठ विकेट गुमायो । तर त्यसपपछि पनि उसले अरु दुई विकेट सस्तैमा खेर फाल्यो । बलिङमा सुमन खतिवडा र रितु कनोजीयाले तीन तीन विकेट लिइन ।

उपाधिसँगै चितवनले सात लाख रुपैयाँ पायो भने उपविजेता बनेको काठमाडौंले तीन लाखमा चित्त बुझायो । क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा पहिलो पटक आयोजना भएको महिला फ्रेन्चाइजी लिगमा पाँच टिमको सहभागिता रहेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest