बंगलादेश विरुद्धको टी–२० सिरीजमा कोहलीलाई आराम

बंगलादेश विरुद्धको टी–२० सिरीजका लागि कप्तान विराट कोहलीलाई आराम दिइएको छ । उनको स्थानमा टिमको कप्तानी रोहित शर्माले गर्ने भएका छन ।

नोभेम्बर महिनामा भारतमा हुने सिरीजका लागि बीसीसीआईले कोहलीलाई आराम दिइएको हो । यस्तै मुम्बईका अलराउण्डर सिंभम दुबीले पहिलो पटक टिममा स्थान बनाएका छन । यस्तै विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनले टिममा कमब्याक गरेका छन ।

सामसानले अन्तिम पटक २०१५ मा जिम्बावे विरुद्ध हरारेमा खेलेका थिए । यस्तै पूर्व कप्तान महेन्द्रसिंह धोनी यो सिरीजमा पनि टिममा परेका छैनन् । भारतले बंगलादेश विरुद्ध तीन वटा टी–२० खेल खेल्नेछ । तीन देखि १० नोभेम्बरमा हुने सिरीज दिल्ली, राजकोट र नागपुरमा हुनेछ ।

टी–२० मा आराम दिइएपनि कप्तान विराट कोहलीलाई दुई टेष्ट सिरीजका लागि टिममा राखेको छ । भारतले बंगलादेशसँग कोलकाता र इन्दोरमा दुई वटा टेष्ट खेल्नेछ ।

सर्जरीका कारण जसप्रित बुम्राह र हार्दिक पाण्डे टिम बाहिर रहेका छन । दुबै खेलाडीलाई इंग्ल्याण्ड विरुद्धको सिरीजमा चोट लागेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest