पारस खड्काले टी १० क्रिकेट प्रतियोगिता खेल्ने

नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले पनि टी १० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

युएईमा अर्को महिना हुने टी १० मा पारस टिम अवुधावीबाट खेल्ने छन् । यो सँगै पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी पनि बन्ने छन् ।

नेपालबाट लेगस्पिनर सन्दीप लामिछाने र अलराउण्डर सोमपाल कामीले विदेशी फ्रेन्चाइज लिग खेलिसकेका छन् । पारसको यो पहिलो फ्रेन्चाइज लिग पनि हो । टी १० को ड्राफ्ट गत साता नै भए पनि पारसको बारेमा भने अबुधावी टिमले आज मात्रै जानकारी दिएको हो ।

अबुधावीको ट्वीटर ह्याण्डलबाट पारसलाई समेटिएको तस्वीर सहित खेलाडीको सूची सार्वजनिक भएको छ । पारसको टिममा मोइन अलि आइकोनिक खेलाडीको रुपमा रहेका छन् ।

टिममा पाकिस्तानका तेज बलर मोहम्मद आमिर, इङ्ल्यान्डका लुक राइट, न्यूजिल्यान्डका कोरे एन्डर्सन रहेका छन ।

टि १० प्रतियोगितामा कुल ८ टिम रहेका छन ।  नेपाली युवा स्पिन्नर सन्दीप लामिछाने कर्नाटक टस्कर्स बाट खेल्ने छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest