वार्नरको शतकमा अष्ट्रेलियाको सहज जित

श्रीलंकाविरुद्धको तीन टि–२० खेलको श्रृङ्खला अन्तर्गत आज भएको पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको छ । अष्ट्रेलियाको एडिलेडमा भएको पहिलो खेलमा घरेलु टोलीले श्रीलंकालाई १३४ रनले पराजित ग¥यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा दुई विकेट गुमाउँदै २३३ रन बनाएको थियो । उत्कृष्ट ब्याटिङ गरेको अष्ट्रेलियाका लागि डेविड वार्नरले अविजित १०० रनको शतकीय योगदान दिए । पहिलो विकेटका लागि एरोन फिन्च र वार्नरले १२२ रनको साझेदारी गर्दा अष्ट्रेलिया बलियो स्थितिमा पुगेको थियो ।

फिन्चले ३६ बलमा ६४ रन बनाएका थिए । उनले आठ चौका र तीन छक्का प्रहार गरेका थिए । त्यसपछि क्रिजमा आएका ग्लेन म्याक्सवेलले पनि २८ बलमा ६२ रन बनाए । उनले सात चौका र तीन छक्का प्रहार गरे । वार्नरले भने ५६ बलमा १० चौका र चार छक्का प्रहार गरे ।

वार्नर तीनवटै फरम्याटमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् ।

२३४ रनको लक्ष्य पछ्याएको श्रीलंका २० ओभर खेल्दा नौ विकेट गुमाएर ९९ रनमा सिमित भयो । उसका लागि दसुन सनाकाले बनाएको १७ रन नै श्रीलंकाका लागि सबैभन्दा बढी रन थियो । अन्यको प्रदर्शन अझ खराब रह्यो ।

बलिङतर्फ एडम जाम्पाले तीन विकेट लिए भने मिचेल स्टार्क र प्याट कमिन्सले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest