आयरल्याण्ड र पीएनजी विश्वकपका लागि छनाेट

टेष्ट टोली आयरल्यान्ड र पीएनजी अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपका लागि छनोट भएका छन । । समुह ‘बी’ मा ओमान र यूएईलाई नेट रन रेटले पछि पार्दै आयरल्यान्ड विश्वकपमा पुगेको हो । ओमान र यूएईको समान ८ अंक भएपनि नेट रन रेटका आधारमा आयरल्यान्ड शीर्ष स्थानमा रहँदै सोझैं विश्वकपमा पुगेको हो ।

आयरल्यान्डको नेट रन रेट १‍ दशमलव ५९१ रहँदा दोस्रो स्थानमा रहेको ओमानको ० दशमलव ९९७ रह्यो । त्यस्तै तेस्रो स्थानमा रहेको युएईको नेट रन रेट ० दशमलव ६८२ छ । आयरल्यान्ड छैटौं पटक टि ट्वान्टी विश्वकपमा पुगेको हो ।

आयरल्यान्डले पहिलो खेलमा हङकङलाई ८ विकेटले, दोस्रो खेलमा यूएईसँग ५ विकेटले स्तब्ध हुन पुग्यो । तेस्रो खेलमा ओमानलाई ३५ रनले हराएकाे आयरल्यान्ड चौथो खेलमा क्यानडासँग १० रनले पराजित हुन पुगेको थियो । पाँचौ खेलमा जर्सीलाई ८ विकेटले हराएको थियो ।

नाजेरियालाई ८३ बल अगाडी ८ विकेटले हराएपछि आयरल्यान्डको नेट रन रेट उच्च बनेको थियो । समुह ‘बी’ बाट ६ खेलमा ४ मा जित र २ मा हारका साथ नेट रन रेटका आधारमा आयरल्यान्ड शीर्ष,ओमान दोस्रो र यूएई तेस्रो स्थानमा रहे । हङकङले ६ खेलमा समान ३ मा जित र हारका साथ अन्तिम चारमा रहँदै प्ले अफमा स्थान बनायो ।

समुह ‘ए’ बाट पप्पुवा न्युगिनी शीर्ष स्थानमा रहँदै पहिलो पटक टि ट्वान्टी विश्वकपमा पुगेको छ । पप्पुवा न्युगिनीले पनि नेदरल्यान्डलाई नेट रन रेटले पछि पार्दै विश्वकपमा पुगेको हो । दोस्रो स्थानमा रहेको नेदरल्यान्ड,तेस्रो स्थानमा रहेको नामिबिया र चौथो स्थानमा रहेको स्कटल्यान्ड समुह ए बाट प्ले अफमा पुगेका छन् । केन्या,सिंगापुर र बर्मुडा क्रमश स् पाँचौ,छैटौ र पुछारमा रहेर विश्वकप यात्राबाट बाहिरिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest