आइसीसीको नयाँ बरियतामा बलिङ तर्फ ५ खेलाडी शिर्ष १०० भित्र

अन्तराष्ट्रिय क्रिकेट परिषदको टी-२० बरियतामा नेपाल फेरी १२ औं स्थानमा फर्किएकाे छ । यसअघि १३ औं स्थानमा रहेकाे नेपालले एक स्थान सुधार गर्न सफल भयाे । नयाँ वरियतामा नेपालले २१ खेलबाट एक सय ८९ रेटीङ अंक पाएको छ ।

एसोसियट राष्ट्रमा नेपाल सबै भन्दा अगाडी रहेकाे छ । यसअघि नेपाल भन्दा माथि स्कटल्याण्ड र युएई रहेकाे थिए । अहिले उनीहरूको वरियता घटेको छ । स्कटल्याण्ड १६ औं र युएई १३ औं स्थानमा पुगेकाे छ । नेपाल भन्दा तल टेष्ट राष्ट्र देश आयरल्याण्ड रहेकाे छ ।

वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् । यता एक दिवसिय बरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।

टी–२० को ब्याटिङको बरियतामा पारस खड्का ४५ औं स्थानमा पुगेका छन । उनले थिसारा परेरा, रोस टेलर, सौम्य सरकारलाई पछि पारेका छन । ब्याटिङको बरियतामा नेपालबाट एक्लो खेलाडीका रुपमा रहेको पारसले चार सय ६६ अंक पाएका छन ।

अलराउण्डरमा पारस २४ औं स्थानमा यथावत छन । उनले एक सय आठ अंक पाएका छन । यस्तै अर्का खेलाडी सोमपाल कामी ६० औं स्थानमा छन । करन केसी अलराउण्डमा करन केसी पनि समावेश भएका छन । उनी हाल ७७ औं स्थानमा रहेका छन । उनले ४२ रेटिङ अंक पाएका छन ।

टी–२० को बलिङमा पाँच नेपाली खेलाडी परेका छन । जसमा सन्दिप लामिछाने ६४ औं स्थानमा पुगेका छन भने सोमपाल कामी ६८ औं स्थानमा यथावत छन भने करण केसी ८३ औं स्थानमा र बसन्त रेग्मी ८९ स्थानमा छन । बरियतामा पहिलो पटक अभिनाश बोहोरा परेका छन । जसमा उनी एक सयौ स्थानमा छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest