चिनमा हुने बि एन्ड आर कपका लागि नेपाली यु-१९ महिला टिमको घोषणा

आगामी नोवेम्बर ११ देखी १६ सम्म चिनको शंघाईमा हुने बि एन्ड आर कपका लागि नेपाली यु १९ महिला टिमको घोषणा भएको छ ।

१८ खेलाडी रहेको उक्त टोलीमा कविता कुँवर, कृतिका मरासिनी, यसोदा विष्ट, रवि पोद्दार, राजमति ऐरी, इश्वरी विष्ट, लक्ष्मी साउद, सुशी डंगोल, हिसिला लामा गुरुङ, ज्योति दनुवार, निगम तामाङ, शिला क्षत्री, लक्षीता रायमाझी, गोमा आले, पेम लामु शेर्पा, मनिशा मगर र सृष्टि पौडेल छन् ।

टिमको कप्तानीको जिम्मेवारी डोली भट्टलाई दिएको छ ।

उक्त प्रतियोगितामा नेपाल सहित साउदी अरेविया, थाइल्याण्ड, मलेसिया, म्यानमार र चीन सहभागी रहनेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest