शकिब अल हलन एक वर्षको प्रतिबन्धमा

बंगलादेश टेस्ट टोलीका कप्तान शकिब अल हलन एक वर्षको प्रतिबन्धमा परेका छन् । बेटिङ गर्ने ब्यक्तिबाट सुचना पाएपनि त्यसको सुचना सम्बन्धित निकायमा नदिएको पाइएपछि उनलाई प्रतिबन्ध लगाइएको हो ।

बेटिङ्का लागि टिमका भित्री सुचना दिएका हसनले गल्ती स्वीकार गरेका छन् । सन् २०१८ मा भएको श्रीलंका, जिम्बाबे र बंगलादेशबीचको ट्राई सिरिज र त्यसै बर्षको आईपीएलमा बुकीले उनलाई सम्पर्क गरेका थिए । तर, उनले सम्बन्धित निकायमा जानकारी दिएका थिएनन् ।

अब उनी सन् २०२० अक्टोबर २९ देखिमात्र क्रिकेटमा फर्किन सक्नेछन् ।

शकिब अल हसन आईसीसीको अलराउण्डरको वरियता क्रमको शीर्ष स्थानमा रहेका खेलाडी हुन् । उनले बंगलादेशका लागि ३३८ म्याच खेलिसकेका छन् ।

सन् २०१९ को क्रिकेट विश्वकपमा सर्वाधिक रन बनाउने तेस्रो खेलाडी अल हसनले दुई वटा सतक समेत प्रहार गरेका थिए ।
प्रतिबन्धको घोषणा भएपछि उनले अबदेखि आफू छिटै क्रिकेटमा फर्किन सक्नेमा आशावादी भएको प्रतिक्रिया दिए । आफूलाई सहयोग र समर्थन गर्ने सबैप्रति कृतज्ञता समेत ब्यक्त गरे ।

उनको स्थानमा अब महमुदुल्लाहलाई टेस्ट कप्तानको जिम्मा दिइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest