यू–१९ च्याम्पियनसिपका लागि नेपाली युवा टिमको घोषणा

भारतमा हुने यू–१९ च्याम्पियनसिपका लागि नेपाली युवा टिमको घोषणा भएको छ । भारतको हैदरावादमा हुने प्रतियोगिताका लागि १६ सदस्यिय टिममा अनुभवी खेलाडी भन्दापनि नयाँ खेलाडीलाइ मौका दिइएको छ ।

रित गौतमको कप्तानीमा घोषणा गरिएको टिममा लोकेश बम, त्रितराज दाश, विशाल विक्रम केसी, खड्क बहादुर बोहोरा, अभिशेक बस्नेत, हरी चौहान, अरुन ऐरी, कुशल मल्ल, विवेक कुमार यादव, शुर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी, गौतम केसी छन ।

यस्तै रिजर्भ खेलाडीमा दिपक बोहोरा, दुर्गेश गुप्ता, निखिल कुमार सिंह, सोनु देभकोटा रहेका छन । भारतका तीन र नेपाल सम्मिलित प्रतियोगितामा नेपालले पहिलो खेल भारत पहेलोसँग खेल्नेछ । जुन १० तारिखमा हुनेछ ।

दोस्रो खेलमा नेपालले भारतको पहेलो टिमसँग ११ तारिखमा खेल्नेछ । १३ तारिखमा नेपालले भारतको रेड टिमसँग खेल्नेछ भने १५ तारिखमा निलो टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest