श्रीलंकाविरुद्धको टी-२० सिरिज अस्ट्रेलियाले जित्याे

श्रीलंकाविरुद्धको टी २० सिरिज अस्ट्रेलियाले जितेको छ । तीन खेलको सिरिजमा घरेलु टोली अस्ट्रेलिया २–० ले अगाडी रहँदै एक खेल अगावै सिरिज कब्जा गरेको हो । पहिलो टी २० अस्ट्रेलियाले १३४ रनले जितेको थियो ।बुधबार भएको दोस्रो टी २० मा अस्ट्रेलिया ९ विकेटले विजयी भएको हो ।

अस्ट्रेलियाको जीतमा डेभिड वार्नरले ५५ र स्टेभन स्मिथले ५२ रनको योगदान गरे । पाहुला टोली श्रीलंकाले टस जितेर पहिला ब्याटिङ गर्दै ११७ रनमा समेटिएको थियो । श्रीलंकाका कुशल परेराले सर्वाधिक २७ रन बनाउँदा धनुष्का गुनाथिलका २१ रनमा आउट भएका थिए ।

अस्ट्रेलियाका बेली स्टेनलेक, पेट कम्युन्स, एस्टोन अघर र एडम जाम्पाले दुई दुई विकेट लिएका थिए ।
तेस्रो तथा अन्तिम टी २० शुक्रबार खेल्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest