दक्षिण अफ्रिका क्रिकेटका तीन जना अधिकारीलाई निलम्बनमा

दक्षिण अफ्रिका क्रिकेट टिमको पछिल्लो प्रदर्शन खराब हुँदै गएपछि बोर्डले नयाँ कदम चालेको छ । द.अफ्रिका क्रिकेट बोर्डले बोल्ड निर्णय गर्र्दै तीन जना अधिकारीलाई निलम्बन नै गरेको छ ।

निलम्बनमो पर्नेहरु क्रिकेटका ठूला नाम रहेको पनि जनाइएको छ । दक्षिण अफ्रिकाका मिडियाका अनुसार गाज क्रिकेटका अन्तिरिम निर्देशक कोरी वान जिल समेत निलम्बनमा परेका छन् ।

उनीमाथि द. अफ्रिका क्रिकेट बोर्डले लामो समय सम्म टिममा रहेर काम गर्ने यसअघि अपेक्षा पनि राखेको थियो । उनलाई गतवर्ष आयोजना भएको मन्जसी सुपर लिग टी २० टुर्नामेन्टको म्याच फिस खेलाडीहरुले नपाएको आरोप लगाइएको छ । यसैगरी मुख्य परिचालन अधिकारी नासी एप्यिा र प्रायोजक प्रमुख क्लाइव एक्स्टीन पनि रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest