सन्दीप लामिछाने एक वर्षमा धेरै देशमा टी २० क्रिकेट खेल्ने पहिलो खेलाडी

नेपालका लेगस्पिनर सन्दीप लामिछाने एक वर्षको अवधिमा सर्वाधिक देशमा गएर टी २० क्रिकेट खेल्ने पहिलो खेलाडी बनेका छन् ।

सन् २०१८ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्मको अवधिका आधारमा अन्तर्राष्ट्रिय म्याग्जीनले गरेको सर्वेक्षण गर्दा सन्दीपले टी २० तर्फ सर्वाधिक देशमा गएर क्रिकेट खेल्ने रेकर्ड बनाएका हुन् । सन्दीपले यो अवधिमा ८ देशमा गएर टी २० खेलेका छन् ।

उनीसँगै आठ देशमा गएर क्रिकेट खेल्ने रेकर्ड अफगानिस्तानका नजिवुल्लाह जर्दानको नाम पनि रहेको छ ।

सन्दीपले आईपीएल, बिग बास, सीपीएल, बीपीएल र पिएसएल खेलेका छन् । यो बीचमा उनले नेपालका लागि तीन वटा एक दिवसीय र ११ वटा टी २० पनि खेल्न भ्याएका छन् ।

सन्दीप लेगस्पिनर बलर हुन् । उनको माग विश्वका हरेकजसो ठूलो फ्रेन्चाईज लिगमा हुने गर्छ । यसैका आधारमा उनी विश्वका हरेक लिगमा जाने गरेका छन् ।

सन्दीप एक वर्षको अवधिमा सर्वाधिक बलिङ गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । सर्वाधिक बलिङ गर्ने खेलाडीको सूचीमा अफगानिस्तानका रासिद खान छन् । उनले एक वर्षमा १३५५ बल बलिङ गर्दा सन्दीपले ९८५ बल बलिङ गर्दै दोस्रो स्थानमा राखेका हुन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest