म्याक्सवेलले क्रिकेटबाट ब्रेक लिने

श्रीलंकाविरुद्धको जारी सिरिजमै अस्ट्रेलियालाई ठूलो झड्का लागेको छ । टिमका अलराउण्डर ग्लेन म्याक्सवेलले क्रिकेटबाट ब्रेक लिने घोषणा गरेका छन् ।

उनले मानसिक स्वास्थ्यका कारण क्रिकेटबाट केही समय विदा लिन लागेको बताएका छन् ।

शुक्रबार अस्ट्रेलियाले तेस्रो टी २० खेल्दै छ । पहिलो र दोस्रो टी २०मा म्याक्सवेलकै उत्कृष्ट प्रदर्शनका कारण अस्ट्रेलिया विजयी भएको थियो । म्याक्सवेलको ठाउँमा अस्ट्रेलियाले डर्सी शटलाई बोलाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest