नेपालले एसीसी इमर्जिङ कप खेल्ने

काठमाडौं, १४ कात्तिक । नेपालले एसीसी  इमर्जिङ कप खेल्ने भएको छ ।

बंगलादेशमा नोभम्बर १२देखि २४ तारिखसम्म हुने प्रतियोगितामा मिति आज घोषणा गरिएको हो । यसमा नेपालले पनि भाग लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । यस प्रतियोगितामा नेपाल समूह बीमा रहेको छ ।

नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । यस्तै समूह ए मा पाकिस्तान, श्रीलंका, अफगानिस्तान र ओमान रहेका छन् । नेपालले पहिलो खेल १४ नोभेम्बरमा भारतसँग खेल्ने छ ।

१६ नोभेम्बरमा नेपालले हङकङसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १८ नोम्भेरमा खेल्ने छ । दुई समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल २३ नोभेम्बरमा मिरपुरमा हुने छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest