एमसीसीविरुद्ध तीन वटा फरम्याटमा सिरिज खेल्ने नेपाली टोलीको घोषणा

इंग्ल्याण्डको एमसीसीविरुद्ध तीन वटा फरम्याटमा सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले तीन वटै फरम्याटका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा टिम घोषणा गरिएको हो । एक दिवसीय, टी २० र तीन दिवसीय क्रिकेटका लागि तीन वटा टिम घोषणा गरिएको छ ।

२३ जना खेलाडीले तीन वटा फरम्याटको प्रतियोगिता खेल्दै छन् । तीन वटै फरम्याटमा खेल्ने खेलाडीको संख्या भने ८ रहेको छ ।

तीनै फरम्याटमा खेल्ने खेलाडीमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, ललित राजवंशी, सन्दिप लामिछाने, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी छन् ।

टी २० खेल्ने नेपाली टिम ।
ज्ञानेन्द्र मल्ल, आरिफ शेख, अमित श्रेष्ठ, अविनाश बोहोरा, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल भुर्तेल, ललित राजवंशी, पवन शर्राफ, सन्दीप जोरा, सन्दीप लामिछाने, सोमपाल कामी र सुसन भारी ।

यसैगरी नेपाली टिमले ५० ओभरको प्रतियोगिता पनि खेल्ने छ । त्यसका लागि पनि क्यानले अर्को टिम घोषणा गरेको छ ।

ज्ञानेन्द्र मल्ल, आरिफ शेख, बसन्त रेग्मी, विक्रम शोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, करण केसी, ललित राजवंशी, पारस खड्का, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी ।

तीन दिवसीय क्रिकेटका लागि पनि १४ सदस्यीय टिम घोषणा गरिएको छ ।

ज्ञानेन्द्र मल्ल्, आरिफ शेख, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया, करण केसी, ललित राजवंशी, पवन शर्राफ, राजु रिजाल, रोहित पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest