२०२१ काे विश्वकपका लागि ग्लाेबल छनाेट हटाउने तयारीमा आइसीसी

सन् २०२१ मा हुने टी २० विश्वकपका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले ग्लोबल छनोट खेल्नुपर्ने प्रणाली हटाउने तयारी गरेको छ । सो विश्वकपका लागि क्षेत्रीय छनोटमा सफल हुने टिमले विश्वकप छनोट खेल्ने नयाँ नियम बनाउन लागेको छ ।

आइसीसीले भारतमा हुने टी २० विश्वकपका लागि १२ टिमले सोझै स्थान पाउने र चार टिमले आफ्नो महादेशको रिजनल छनोट खेलेर आउनुपर्ने नयाँ नियम बनाउने लागेको हो । सन् २००८ मा एसोसियट टिमका लागि विश्वकप खेल्ने ढोका खोल्नका लागि ग्लोबल छनोट खेल्नुपर्ने नियम बनाएको थियो । तर अब यो प्रणाली लामो र बजेट पनि धेरै खर्च हुने भन्दै आइसीसीले रिजनल छनोटको विजेताले सोझै विश्वकपमा स्थान बनाउने नियम बनाउन लागेको छ ।

लगातार २ बर्षमा दुई वटा टी २० विश्वकप हुन लागेको र जसका लागि छनोटको लामो प्रक्रिया संभव नभएकाले यो नियम लगाउने तयारीमा छ । यो नयाँ प्रस्तावमा तल्लो बरियतामा रहेका देशका लागि बढि फाइदा हुनेछ । उनीहरुलाई आइसीसीले केहि बजेट पनि दिने तयारीमा छ । तर उनीहरुलाई विश्वकपसम्म पुग्न भने निकै कठिन हुनेछ ।

नयाँ नियम अनुसार २०२० विश्वकपमा सुपर १२ मा पुग्ने टिमले २०२१ को विश्वकपमा सोझै स्थान बनाउनेछन । जसमा ती मध्ये आठ टिम आइसीसीको बरियता अनुसार सोझै समुह चरणको ड्र मा पर्नेछन । त्यसमा बाँकि श्रीलंका, बंगलादेश, आयरल्याण्ड, पीएनजी, नेदरल्याण्ड्स, नामिबीया, स्कटल्याण्ड र ओमान भने पहिलो चरणबाट माथिल्ला टिमसँग खेल्नेछन । बाँकी चार टिम क्षेत्रीय छनोटबाट आउनेछन ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest