एमसीसी विरूद्द नेपाली यू-१९ काे भिडन्त

बिश्व क्रिकेटको पुरानो क्लव मेरलीबोन क्रिकेट टिम नेपाल आइपुगेको छ । नेपालसँगको सदभावलाई अझ मजबुत गर्न नेपालमा सिरीज खेल्न काठमाडौं आइपुगेको एमसीसीले भोलीबाट प्रतियोगिता सुरु गर्दैछ । जसमा नेपालले पहिलो खेलमा भोली नेपालको यू–१९ टिमसँग खेल्दैछ ।

कीर्तिपुर क्रिकेट मैदानमा हुने खेलका लागि यू–१९ टिमले तयारी पुरा गरेको छ । भारतमा हुने यू–१९ च्यालेजर्सका लागि तयारीमा रहेको नेपाली युवा टिमले एमसीसी विरुद्धको खेल राम्रो बोनस खेलका रुपमा पाएको छ । अधिकांश नयाँ खेलाडीलाई समावेश गरेर भारत जाने तयारीमा रहेको यू १९ टिमको रियल परिक्षा भोली घरेलु मैदानमा हुनेछ । भारतको यू १९ टिमसँग प्रतिस्पर्धामा उत्रनु अगाडी नै यू १९ टिमका प्रशिक्षक विनोद दासका लागि एमसीसी विरुद्धको खेल टिमको कमजोरी औल्याउने खेलका रुपमा रहेको छ । मैत्रीपुर्ण खेल भएकाले हारजित भन्दापनि नेपालका लागि एक्पोजरका रुपमा रहेको छ ।

नेपाली युवा टिमले एमसीसीसँग ऐतिहासिक रुपमा पहिलो पटक घरेलु मैदानमा खेल्ने मौका पाएको छ । जसमा उसले बलियो टिमका रुपमा हरेको एमसीसीलाई टक्कर दिने लक्ष्य बनाएको छ । एमसीसी विरुद्ध भारत जाने टिमले नै खेल्ने प्रशिक्षक विनोद दासले बताइसकेका छन । त्यसैले टिमका कप्तान रित गौतमका लागि पनि यो राम्रो परिक्षा हुनेछ । पहिलो पटक यू १९ टिमको कप्तानी गर्ने तयारीमा रहेका रितले आफ्नो पहिलो टेष्ट एमसीसी विरुद्ध गर्ने मौका पाएका छन । एमसीसीले काठमाडौंंमा सिनियर टिमसँग टी–२० का साथै एकदिवसिय र तीन दिवसिय खेल खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest