दोस्रो टी-२० खेलमा न्युजिल्यान्ड विजयी

दोस्रो टी २० खेलमा न्युजिल्यान्डले इंल्यान्डलाई २१ रनले हराएको छ ।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले १ बल बाँकी छाँदै सबै विकेट गुमाउँदै १५५ रन बनायो । न्युजिल्यान्डका मिचेल सेन्टनर तीन विकेट लिदैँ म्यान अफ दि म्याच घोषित भए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डका लागि मार्टिन मार्टिन गप्टिल्ले केही आकर्षक प्रदर्शन गर्दै २८ बलमा ४१ रन बनाएका थिए भने जेम्स निसमले २२ बलमा ४ छक्का र २ चौकाको मद्धतले ब्यक्तिगत ४२ रन बनाउँदै टिमको स्कोर २० ओभरमा ८ विकेट रहँदा १७६ रनसम्म पुय्राएका थिए । इङ्ल्यान्डका लागि सबैभन्दा अधिक क्रिस जोर्डनले ३ विकेट लिए भने सेम कराले पनि २ विकेट लिएका थिए ।

लक्ष्यलाई पछ्याँउदै इङ्ल्यान्डका ओपनर ब्याट्सम्यान जोनी बेयरस्टोले खाता नखोलिकनै आउट भए । त्यस्तै जेम्स विन्सी पनि १ रन बनाएर आउट भए । त्यसपछि इङ्ल्यान्डको खेल खस्किएको थियो ।

डेविड मलान र इयोन मोर्गनले ३९ र ३२ रनको प्रहारसँगै लक्ष्यलाई अगाडी बढाएका थिए तर दुबै आउट भएपछि इङ्ल्यान्ड टिममा दबाब बढ्यो ।

क्रिस जोर्डनले १९ बलमा ३६ रन बनाएका थिए तर त्यो जितका लागि काफि थिएन । रन रेट बढेकाले दबाब झन बढ्यो र पुरै टिम १ बल बाँकि छाँदै १५५ रनमा समेटियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest