नेपाली यू–१९ टिम ३८ रनले पराजित

मेरलीबोन क्रिकेट क्लव विरुद्धको खेलमा नेपाली यू–१९ टिम ३८ रनले पराजित भएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३४ रन बनायो । एमसीसीका लागि विल रोड्सले ९३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हामोन्ड र टम वेट्सलीले सामना ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।

जवाफमा नेपाली यू–१९ टिमले ५० ओभरमा ९ विकेट गुमाउँदा २९६ रनमात्र बनाउन सक्यो । मध्यम सुरुवात गरेको नेपाली युवा टिमका लागि हरी चौहानले अर्धसतकीय पारी खेले ।

[match_center id=”34685″]

नेपाली यू १९ का लागि हरीले ५१ रन बनाए भने रित गौतमले ४३ तथा विशाल केसीले १३ रनको योगदान गरे । यस्तै अरुन ऐरीले ३० रन बनाउँदा खड्का बोहोराले २५ तथा लोकेश बमले १४ रनको योगदान गरे । नेपाली युवा टिमले पहिलो विकेटका लागि २३ रनको साझेदारी गरेको थियो ।

त्यसपछि रित गौतम र खड्का बोहोराले अर्धसतकीय साझेदारी गरेका थिए । तर ८२ रनमा नेपालले दोस्रो विकेट खेर फाल्यो । त्यसपछि पनि हरी चौहान र अरुन ऐरी विच ५८ रनको साझेदारी हुँदा नेपालको पारी केहि सम्हालिएको थियो ।

२ सय एक रन हुँदा चार विकेटमात्र गुमाएको यू १९ टिमले अरु विकेट सस्तैमा गुमायो । नेपालका कुशल मल्ल १२ रनमा आउट भए भने प्रतिस जिसीले चार रनमात्र बनाउन सके ।

यू-१९ टिमपछि एमसीसीले टिमले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीय पछि एमसीसीले नेपालसँग टी-२० र फस्ट क्लास क्रिकेट खेल्ने छन् ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest