भारतमाथि बंगलादेशको सानदार जित

बंगलादेशले तीन टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा भारतमाथि एेतिहासिक जित निकालेको छ । आज भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले हराएको हो । टि-२० मा बंगलादेशले भारतलाई पहिलो पटक पराजित गरेको हो ।

अरुण जेटली स्टेडियम दिल्लीमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । भारतका लागि शिखर धवन ४१ रनमा रन बनाए ।

लोकेश  राहुलले १५, श्रेयर ऐर २२, ऋषभ पन्त २७, शिबम दुबे १ रनमा आउट हुँदा क्रुनाल पान्ड्या १५ र वाशिन्टन सुन्दर १४ रनमा अविजित रहे । बंगलादेशका शफीउल इस्लामा र अमिनुल स्लामले समान २ विकेट लिए ।

१ सय ४९ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा नायक बनेका विकेटकीपर मुश्फिकुर रहिमले ६० रनमा अविजित रहे । यस्तै सौम्सले ३९ रन बनाए।  मोहम्मदले २६ रनको योगदान दिए । महमुदुल्लाह १५ रनमा अविजित रहे ।

भारतका खलिल अहमद, युजभेन्द्र चहल र दीपक चाहरले समान १ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest