नेपाली लेगस्पिनर सन्दीपल लामिछाने एमसीसीविरुद्धको कुनै पनि सिरिज नखेल्ने भएका छन् । एमसीसीविरुद्धको सिरिजका लागि सवै फरम्याटमा रहेका सन्दीपले कुनै पनि प्रतियोगितामा नखेल्ने बताएका हुन् ।
एमसीसीले नेपाली सिनियर टिमसँग आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल्दै छ । एमसीसीले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेका छन् । नेपाली टिममा आज निवर्तमान कप्तान पारस खड्का पनि छैनन् ।
पहिलो पटक ज्ञानेन्द्र मल्ल कप्तान भएपछि शुरु हुन लागेको यो सिरिजलाई निकै चासको साथ हेरिएको छ । एमसीविरुद्धको आजको प्लेयिङ सेटमा स्पिनरको रुपमा ललितनारायण राजवंशी मात्रै छन् । यसैगरी बसन्त रेग्मी पनि टिममा छैनन् ।
एमसीसीविरुद्ध नेपाली टिम ।
ज्ञानेन्द्र मल्ल (कप्तान), इशान पाण्डे, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, पवन सर्राफ, करण केसी, ललित नारायण राजवंशी, विक्रम सोब, अभिनाश बोहोरा
Discussion about this post