एमसीसी विरुद्ध नेपालले २०२ रनकाे लक्ष्य पायाे

इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब एमसीसी विरुद्ध नेपालले २०२ रनकाे लक्ष्य पाएकाे छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला बलिङ गरेको नेपालले एमसीसीलाइ २०१ रनमा अलअाउट गर्याे । नेपालले ११ औं ओभरमा पहिलो सफलता हात पारेको हो ।

नेपालका पवन शर्राफले अर्धशतक बनाएका विली गोल्डम्यानलाई आउट गरे । गोल्डम्यान ५२ रन बनाएर पेभेलियन फर्किएका हुन् । दोस्रो सफलता ललितनारायण राजवंशीले दिलाएका हुन् ।

स्पिनर ललितले १९ औं ओभरको दोस्रो बलमा ललितले टम वेस्लेलाई आउट गरे । वेस्ले १० रन बनाएर आउट भएका हुन् । त्यसपछि पनि एमसीसीले बलियाे ब्याटिङलाइ कायमै राख्याे । उसका विल राेड्सले अर्धसतक बनाए । जसमा उनले ५४ रनकाे पारी खेले । त्यसकाे लगत्तै नेपालका लागि अभिनाश बाेहाेराले चाैथाे विकेट लिए । उनले विल भेन्देस्पेरलाइ ३६ रनमा पेभेलियन फर्काए ।

त्यसपछि लगत्तै ललितले नेपालका लागि पाँचाै सफलता दिलाए । ब्यक्तिगत तेस्राे विकेट लिएका उनले मिल्स हामाेन्डलाइ २ रनमा अाउट गरे । साे बेला एमसीसीकाे स्काेर १६७ रन थियाे । त्यसपछि १७९ रन हुँदा नेपालले छैटाै विकेट लियाे । उसका कप्तान जिमी एडम्स १० रनमा पवनकाे बलमा पेभेलियन फर्किए ।

एमसीसी विरूद्द पारीकाे अन्तिमतिर हावी देखिएकाे नेपालले एक सय ९६ रन हुँदा साताै विकेट लियाे । उसका कालुम ज्याक्सनलाइ ललितले ११ रनमा अाउट गरे । खेलमा ललितकाे याे ब्यक्तिगत चाैथाे विकेट हाे । लगत्तै नेपालले ८ विकेट लिन सफल भयाे । एलेक्स थाेमसनलाइ पवनले बिक्रम साेबकाे हातबाट मात्र ११ रनमा क्याच अाउट गराए । जसका कारण एमसीसीले १९७ रनमा ८ विकेट खेल फाल्याे । साेहि अाेभरमा पवनले दाेस्राे विकेट लिएपछि एमसीसीले नाै विकेट गुमायाे । पवनले खेलमा चार विकेट लिन सफल भए । अन्तिममा करणले विकेट लिएपछि एमसीसी २०१ रनमा अलअाउट भयाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest