टी २० विश्वकपको उद्घाटन खेलमा श्रीलंका र आयरल्याण्ड भिड्ने

काठमाडौं, १८ कात्तिक । आईसीसी वल्र्ड टी २० क्रिकेटको तालिका सार्वजनिक भएको छ ।

२०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अस्ट्रेलियामा आयोजना हुने विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्ने छ । जसमा १० टिम आईसीसीको वरियतमा शीर्ष १० स्थानमा रहेका छन् भने बाँकी ६ टिम यसै वर्ष भएको क्वालीफायर चरण पार गरेर छनोट भएका हुन् । २०२० को टी २० विश्वकपमा समूह ए मा श्रीलंकाको साथमा पपुआ न्यू गिनी, आयरल्याण्ड र ओमान रहेका छन् ।

समूह बी मा बंगालादेश, नेदरल्याण्ड्स, नामिबिया र स्कटल्याण्ड रहेका छन् । यी दुई समूहका शीर्ष २–२ टिमले सुपर १२ का लागि छनोट हुनेछन् । सुपर १२ मा ६–६ टिम रहने छन् । पहिलो समूहमा पाकिस्तान, अस्ट्रेलिया, न्यूजिल्याण्ड र वेस्टइण्डिजको टिमका साथै समूह ए को पहिलो र समूह बीको शीर्ष दोस्रो टिम रहने छ । अ

समूहमा भारत, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तानका कसाथै ग्रुप बीको पहिलो र ग्रुप ए को दोस्रो टिम रहने छन् । टी २० विश्वकपको उद्घाटन खेलमा श्रीलंकाको सामाना आयरल्याण्डसँग हुने छ । टी २० विश्वकपको फाइनल नोभेम्बर १५ मा मेलवर्नमा हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest