इंग्ल्याण्डविरुद्धको टी २० शृंखलामा न्यूजिल्याण्डको २–१ को अग्रता

इंग्ल्याण्डविरुद्धको टी २० शृंखलामा न्यूजिल्याण्डले २–१ को अग्रता बनाएको छ । पहिलो टी २० जित्दै १–० को अग्रता बनाएको न्यूजिल्याण्डले दोस्रो टी २०मा पराजित भएपछि इंग्ल्याण्डले सिरिज १–१ को बराबरीमा ल्याएको थियो ।

५ वटा टी २० अन्तर्गत आज भएको प्रतियोगितामा न्यूजिल्याण्ड १४ रनले विजयी भएपछि शृंखलामा अग्रता कायम गर्न सफल भएको हो ।

टस जितेर घरेलु टोली न्यूजिल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । न्यूजिल्याण्डका लागि कलिन डी ग्राण्डहोमले सर्वाधिक ५५ रन बनाउँदा मार्टिन गप्तीलले ३३ तथा रस टेलरले २७ रनको योगदान गरे ।

इंग्ल्याण्डका टम कुरानले २ विकेट हात पारे ।
१८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड निर्धारित ओभरमा ७ विकेट गुमाएर १६६ रनमा रोकिन पुग्यो ।
इंग्ल्याण्डका लागि डेभिड मलनले ५५ रन बनाउँदा जेम्स भेन्सले ४९रन बनाए पनि हार टार्न भने सकेनन् । न्यूजिल्याण्डका बलिर टिकनर र लोकी फर्गुसनले २–२ विकेट लिए । चौथो टी २० आगामी शुक्रबार हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest