टी–२० खेलमा अष्ट्रेलिया सात विकेटले विजयी

पाकिस्तान विरुद्धको दोस्रो टी–२० खेलमा अष्ट्रेलिया सात विकेटले विजयी भएको छ । जितसँगै अष्ट्रेलियाले तीन खेलको श्रृखंलामा एक शुन्यको अग्रता बनाएको छ ।

क्यानबेरामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५० रन बनायो । उसका लागि इफ्तिकहार अहमेदले अविजीत ६२ रन बनाए । यस्तै कप्तान बाबर अजामले ५० रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए । बलिङमा अष्ट्रेलियाका एस्टोन अगरले २ विकेट लिए ।

जवाफमा घरेलु टिम अष्ट्रेलियाले १८ ओभर ३ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । सुरुवात राम्रो नगरेपनि अष्ट्रेलियाको जितमा स्टेभेन स्मिथले ८० रन बनाए । उनले ५१ बलमा ११ चौका र एक छक्का प्रहार गरे । यस्तै बेन म्याकडेरमोटले २१ रन बनाए । यस्तै डेविड वार्नरले २० तथा कप्तान आरोन फिन्चले १७ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest