एमसीसीले तीन दिवसीय क्रिकेट खेलको पहिलो दिन ३११ रन

इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले तीन दिवसीय क्रिकेट खेलको पहिलो दिन ३११ रन बनाएको छ।

टियू क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले पहिलो दिन ८७ ओभरमा ६  विकेटको अवस्थामा खराब मौसमका कारण खेल रोकियो।

पहिलो विकेटको रुपमा वेली गोल्डम्यानलाई १० रनमा पभेलियन पठाएका सोमपालले दोस्रो विकेटको रुपमा विल रोड्सलाई बोल्ड आउट गरे । विल रोड्स ७३ रन बनाएर आउट भएका हुन् । तेस्रो सफलता नेपालले ४३ औं ओभरमा टम वेस्लेलाई आउट गर्दै हात पारेको हो । शरदले ३९ रन बनाएका वेस्लेलाई पेभेलियन पठाए ।

शरदले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो सफलता दिलाएका थिए । उनले अर्धशतक बनाएका हामोण्डलाई आउट गरे । हामोण्ड ५२ रनमा पेभेलियन फर्किए ।

पाँचौं विकेटको रुपमा सन्दीपले १५ रन बनाएका इडी योङलाई आउट गरे । छैठाैं विकेटका रूपमा  सन्दीपले ५३ रन जाेडेर क्रिजमा जमेका  विल भान्डरस्पर ७१ औं ओभरमा पविलियनकाे बाटाे देखाएका हुन् ।

यासिर अराफात ३५ र एलेक्सले २२ रनमा अविजित रहे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest