अन्डर नाइन्टिन महिला क्रिकेट टोलीको घोषणा

चीनको साङघाइमा हुने बी एन्ड आर अन्डर नाइन्टिन महिला क्रिकेट कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपालले आज डली भट्टको कप्तानीमा १४ सदस्यीय टोली सावर्जनिक गरेको छ । जसमा सिनियर टिम बाट खेलिसकेकी कंविता कुंवरलाइ उपकप्तानको जिम्मेवारी दिइएको छ ।

अन्य खेलाडीमा कृतिका मरासिनी, इश्वरी बिस्ट, यसोदा बिस्ट, रुवि पोदार, राजमती ऐरी, लक्ष्मी सावद, खुशी डंगोल छन । ज्योती दनुवार, निगम तामाङ, शिला क्षेत्री, लक्षिता राजबंशी, गोमा आले, र श्रृष्टि पौडेल पनि अन्तिम १४ मा परेका छन । पेम लिम्बु शेर्पा , हेलिसा लामा गुरुङ र मनिषा राना बैकल्पिक खेलाडीमा रुपमा छटन ।

नेपाली टिम कलाम अलीको प्रशिक्षणमा रहेको छ । कात्तिक २५ देखी ३० सम्म हुने प्रतियोगितामा नेपाल सहित चीन, साउदी अरेयिबा , मलेसिया, म्यानमार र थाइल्यान्ड सहभागी छन । नेपालले आफ्नो पहिलो खेल २८ गते थाइल्यान्ड संग खेल्नेछ । नेपाल शुक्रबार चीन प्रस्थान गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest