इमिर्जिङ एसिया कपका लागि नेपाली टिमको घोषणा

बंगलादेशमा आयोजना हुने एसीसी इमिर्जिङ एसिया कपका लागि नेपाली टिमको घोषणा भएको छ । जसमा कुशल भुर्तेल पहिलो पटक सिनियर टिममा परेका छन भने इशान पाण्डे र अभिनाश बोहोरो ५० ओभरको खेलमा डेब्यु गर्ने भएका छन ।

नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको सूचीमा कप्तानमा ज्ञानेन्द्र मल्ल र उपकप्तानमा दिपेन्द्रसिंह ऐरी छन भने बाँकी खेलाडीमा शरद भेषवाकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, ललित राजवंशी, पवन सराफ, सन्दिप जोरा, सुसान भारी, इशान पाण्डे, आरिफ शेख, अभिनाश बोहोरा, कुशल भुर्तेल छन ।

कुशल यू १९ टिमबाट सिनियरमा पुगेका खेलाडी हुन । उनले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका हुन । अभिनाश बोहोरा यसअघि राष्ट्रिय टिममा परेपनि ५० ओभरको खेलमा भने टिममा पर्न सकेका छैनन् । उनी यूएई विरुद्धको सिरीजका लागि सिनियर टिममा भएपनि एकदिवसिय खेल भने खेलको थिएनन् ।

यस्तै इशान पाण्डेले यसअघि टी २० मा खेलेपछि ५० ओभरका लागि भने पहिलो पटक टिममा परेका हुन ।

यसपटक टिमको म्यानेजरमा क्यानका सदस्य प्रशान्त विक्रम मल्ल जाने भएका छन । यस्तै प्रशिक्षक उमेश पटवाल, एसिसेन्ट प्रशिक्षक दिपेन्द्रप्रताप सिंह, भिडियो एनालिष्ट रमन सिवाकोटी, फिजियोमा विक्रम न्योपाने छन ।

यस सिरीजका लागि पूर्व कप्तान पारस खड्का र सन्दिप लामिछाने हुनेछैनन् । दुबै खेलाडी यूएईमा हुने टी १० लिग खेल्ने जानेछन । पारस नोभेम्बर ११ मा र सन्दिप १२ तारिखमा यूएई जानेछन ।

नोभेम्बर १२ तारिखबाट सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल १४ तारिखमा भारतसँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest