एमसीसी पहिलो पारीमा ३६४ रनमा अलआउट

नेपाल विरुद्धको तीन दिवसिय खेलमा मेरलीबोन क्रिकेट क्लव एमसीसी पहिलो पारीमा ३६४ रनमा अलआउट भएको छ ।

पहिलो दिन तीन सय ११ रनबाट दोस्रो दिनको खेल सुरु गरेका एमसीसीले अरु चार विकेट ५३ रन थप्दा अलआउट भयो । उसका लागि एलेक्स थमसनले ३० रन बनाए भने यासिर अराफाटले ६४ रन बनाए । दोस्रो दिनको खेलमा करण केसीले ३ विकेट लिए भने सन्दिपले एक विकेट हात पारे ।

यसअघि पहिलाे दिनकाे खेलमा एमसीसीले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ८७ ओभर सकिदा ६ विकेट गुमाएर ३ सय ११ रन बनायो ।  खराब प्रकाशको कारण १० ओभर बाँकि रहदै खेल रोकिदा एमसीसी बलियो देखिएको हो ।

एमसीसीको पारीमा तीन खेलाडीले अर्धशतक बनाए । उसका विल रोड्स ७३ रन बनाए भने विल भान्डेर्सपारले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रन बनाए । त्यस्तै टम वेस्ट्लीले ३९ रन जोड्दा एड योङले १७ बनाए ।

बिली गोडलम्यान १० रनमा आउट भए । नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र शरद भेषवाकरले २ र २ विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest