नेपाल पहिलो पारीमा एक सय ५३ रनमा अलआउट

एमसीसी विरुद्धको तीन दिवसिय खेलमा नेपाल पहिलो पारीमा एक सय ५३ रनमा अलआउट भयो । जसका कारण एमसीसीले पहिलाे पारीमा एक सय  ११ रनकाे अग्रता बनाएकाे छ । लामो समयपछि तीन दिवसिय खेल खेलेको नेपालले फलोअनबाट बच्न चाहिने एक सय ७३ रन पनि बनाउन सकेन । पछिल्लो पटक टी २० मा बढि अभ्यस्त टिमले तीन दिवसिय खेलमा निकै खल्लो ब्याटिङ गर्यो । तीन सय ६४ रन पक्ष्याएको नेपालले आफ्नो पारीको सुरुवात देखि नै विकेट गुमाउन सुरु गर्यो । विचमा नेपालका कुनैपनि खेलाडी विच दरिलो साझेदारी हुने सकेन ।

जवाफमा नेपालले निकै खराव सुरुवात गर्यो । मात्र पाँच रन हुँदा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल डकआउट हुन पुगे । त्यसपछि क्रिजमा आएका शरद भेषवाकरपनि चार रनमा पेभेलियन फर्किएपछि नेपालले सात रनमा दुई विकेट खेर फाल्यो । नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । १६ रन हुँदा नेपालको तेस्रो विकेट गयो । यसपटक राजु रिजाल ८ रनमा आउट भए । त्यसपछि आरिफ शेख र दिपेन्द्रसिंह ऐरी नेपालको पारीलाई बचाउने तरखरमा रहेका थिए । तर ऐरी एक रनमा पेभेलियन फर्किए ।

अर्का खेलाडी आरिफ शेख १० रनमा आउट हुँदा नेपालले ३४ रनमा पाँच विकेट गुमायो । छैटौ विकेटका लागि विनोद भण्डारी र सोमपाल कामीले अर्धसतकीय साझेदारी गरेको थियो । तर भण्डारी ३६ रनमा आउट हुँदा नेपालले एक सय ६ रनमा छैटौं विकेट गुमायो । त्यसपछि पनि नेपालले करण केसी र पवन सराफलाई सस्तैमा गुमायो । जसका कारण नेपालले एक सय नौ रनमा ८ विकेट खेर फाल्यो । त्यसपछि सोमपाल कामी पनि रनमा २६ रनमा आउट भएपछि नेपालले एक सय ११ रनमा नौ विकेट गुमायो । अन्तिममा सन्दिपले ३९ रन बनाउदै नेपालका लागि उच्च स्कोरर बने ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest