एमसीसीकाे ३०२ रनकाे अग्रता

नेपाल विरुद्धको तीन दिवसिय खेलमा एमसीसीले तीन सय २ रनको अग्रता बनाएको छ । दोस्रो दिनको खेल सकिदा एमसीसीले २१ ओभरमा २ विकेट गुमाउँदै ९१ रन बनाएकाे थियाे । यसअघि एमसीसीले पहिलो पारीमा दुई सय ११ रनको अग्रता बनाएको थियो ।

पहिलो दिन तीन सय ११ रनबाट दोस्रो दिनको खेल सुरु गरेका एमसीसीले अरु चार विकेट ५३ रन थप्दा गुमायाे । जसका कारण एमसीसीले तीन सय ६४ रनमा अलआउट भयाे । उसका लागि एलेक्स थमसनले ३० रन बनाए भने यासिर अराफाटले ६४ रन बनाए । जसका कारण एमसीसीले पहिलाे पारीमा २ सय  ११ रनकाे अग्रता बनाएकाे छ ।

जवाफमा नेपाल पहिलो पारीमा एक सय ५३ रनमा अलआउट भयो । मात्र पाँच रन हुँदा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल डकआउट हुन पुगे । त्यसपछि क्रिजमा आएका शरद भेषवाकरपनि चार रनमा पेभेलियन फर्किएपछि नेपालले सात रनमा दुई विकेट खेर फाल्यो । नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । १६ रन हुँदा नेपालको तेस्रो विकेट गयो । यसपटक राजु रिजाल ८ रनमा आउट भए । त्यसपछि आरिफ शेख र दिपेन्द्रसिंह ऐरी नेपालको पारीलाई बचाउने तरखरमा रहेका थिए । तर ऐरी एक रनमा पेभेलियन फर्किए ।

अर्का खेलाडी आरिफ शेख १० रनमा आउट हुँदा नेपालले ३४ रनमा पाँच विकेट गुमायो । छैटौ विकेटका लागि विनोद भण्डारी र सोमपाल कामीले अर्धसतकीय साझेदारी गरेको थियो । तर भण्डारी ३६ रनमा आउट हुँदा नेपालले एक सय ६ रनमा छैटौं विकेट गुमायो । त्यसपछि पनि नेपालले करण केसी र पवन सराफलाई सस्तैमा गुमायो । जसका कारण नेपालले एक सय नौ रनमा ८ विकेट खेर फाल्यो । त्यसपछि सोमपाल कामी पनि रनमा २६ रनमा आउट भएपछि नेपालले एक सय ११ रनमा नौ विकेट गुमायो । अन्तिममा सन्दिपले ३९ रन बनाउदै नेपालका लागि उच्च स्कोरर बने ।

लगत्तै दाेस्राे पारी सुरू गरेकाे एमसीसीले २१ अाेभरमा ९१ रन बनाउदा दाेस्राे दिनकाे खेल सकिएकाे हाे । पहिलो दिनको खेलमा एमसीसीले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले पहिलाे दिन ८७ ओभर सकिदा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest