नेपालद्वारा भारत पहेँलोसामू ११५ रनको लक्ष्य

यू–१९ च्यालेन्जर्स कप एकदिवशीय क्रिकेटमा नेपाली युवा टोलीले भारत–पहे“लो टिमलाई ११५ रनको लक्ष्य पेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३२.१ ओभरमा अलआउट हु“दै ११४ रनको कमजोर योगफल खडा गरेको हो ।

हैदराबाद क्रिकेट एसोसियसनको मैदानमा नेपाली ब्याट्सम्यानहरु लामो समय क्रिजमा टिक्न नसकेको खेलमा कुशल मल्लले सर्बाधिक २६ रनको योगदान गरे । नउले २९ बलमा ४ चौका प्रहार गरे ।

यसअघि ओपनर तथा कप्तान रीत गौतम ५ रनमै आउट भएका थिए । अर्का ओपनर लोकेश बम र तेस्रँे नम्बरमा आएका खडक बहादुर बोहोराले समान १० रन जोडे । अरुण ऐरीले १३ रन बनाए ।

शेर मल्ल १४, प्रतिश जिसी ११, हरिबहादुर चौहान ७ र आकाश चन्द ४ रनमा आउट भए । सागर ढकालले पनि ४ रनमात्र जोड्न सके । नेपालले १० अतिरिक्त रन पाएको थियो ।

बलिङतर्फ भारत ‘सी’ टिमका चिन्तला रक्षम रेड्डी, बिद्याधर सोमसेखर पाटिल, शुभांग हेगडे, मुज्तवा युसुफ र रवी रोशन सिंहले समान २÷२ विकेट झारे ।
भारतीय टोलीले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest