नेपाल यू-१९ भारतको एल्लो टिमसँग १० विकेटले पराजित

यू–१९ च्यालेन्जर्स कप एकदिवशीय क्रिकेटको पहिलो खेलमा नेपाल यू–१९ ए टिम १० विकेटले पराजित भएको छ ।

भारतको हैदराबाद क्रिकेट संघको मैदानमा भएको खेलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारत एल्लो टिमले २१.१ ओभरमा विना कुनै विकेटको क्षतिमा पुरा ग¥यो । भारत एल्लोका लागि अर्जुन आजादले ६७ रनको योगदान दिए भने दिभ्यान्स सक्सेनाले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । टस जितेर ब्याटिङ रोजेको नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका लागि कुशल मल्लले सर्बाधिक २६ रनको योगदान गरे । उ

२९ बलमा ४ चौका प्रहार गरे । यसअघि ओपनर तथा कप्तान रित गौतम ५ रनमै आउट भएका थिए । अर्का ओपनर लोकेश बम र तेस्रो नम्बरमा आएका खडक बहादुर बोहोराले समान १० रन जोडे । अरुण ऐरीले १३ रन बनाए । शेर मल्ल १४, प्रतिश जिसी ११, हरिबहादुर चौहान ७ र आकाश चन्द ४ रनमा आउट भए । सागर ढकालले पनि ४ रनमात्र जोड्न सके ।

नेपालले १० अतिरिक्त रन पाएको थियो । बलिङतर्फ भारत ‘सी’ टिमका चिन्तला रक्षम रेड्डी, बिद्याधर सोमसेखर पाटिल, शुभांग हेगडे, मुज्तवा युसुफ र रवी रोशन सिंहले समान २÷२ विकेट झारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest