आइसीसीकाे बरियतामा पारस र सन्दिप तल झरे

अन्तराष्ट्रिय क्रिकेट परिषदको टी-ट्वान्टी क्रिकेटको खेलाडी वरियतामा नेपालका पारस खड्का र सन्दीप लामिछाने तल झरेकाे छन ।

आईसीसीले सार्वजनिक गरेकाे ब्याटिङको नयाँ वरियतामा पारस घटेर ५५ औं स्थानमा झरेका छन् । यस अघि पारस ब्याटिङतर्फ ४५ औं स्थानमा रहेका छन् । तर, पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् ।

यस्तै अलराउण्डर वरियतामा पनि पारस तल झरेका छन । उनी हाल ३२ औं स्थानमा पुगेका छन । यस अघि पारस २४ औं स्थानमा रहेका थिए ।

अलराउण्डरमा नेपालका अर्का खेलाडी सोमपाल कामी ६७ र करण केसी ८८ औं स्थानमा रहेका छन् । दुवैको वरियता घटेको हो । यस अघि सोमपाल ६२ औं र करण ८२ औं स्थानमा रहेका थिए ।

बलिङतर्फ सन्दीप ६९ औं स्थानमा झरेका छन् । अघिल्लो पटक सन्दीप ६४ औं स्थानमा रहेका थिए ।

बलिङतर्फ नेपालका अर्का खेलाडी सोमपाल कामी ८५ औं र करण १०० औं स्थानमा रहेका छन् । बलिङमा दुवैको वरियता घटेको हो । यस अघि सोमपालको वरियता ६८ र करणको ८३ रहेको थियो ।

बलिङमा नेपालका बसन्त रेग्मी र अविनाश बोहरा भने शीर्ष १०० बाट बाहिरिएका छन् । अघिल्लो वरियतामा बसन्त ९० औं र अविनाश १०० औं स्थानमा रहेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest