भारतको रेड टिमले नेपाललाई २४८ रनको लक्ष्य

भारतमा जारी च्यालेन्जर ट्रफि अन्र्तगतको खेलमा भारतको रेड टिमले नेपाललाई २४८ रनको लक्ष्य दिएको छ । ४८.२ ओभरमा भारतीय रेड टिमल सबै विकेट गुमाउदै २४७ रन बनाएको थियो ।

टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले सातौं ओभरको पांचौ बलमा पहिलो सफलता हात पारेको हो । भारतको स्कोर ३९ हुदाँ नेपालका लागि आकाश चन्दले यस्सभि भुपेन्द्रलाई ब्यक्तिगत ३३ रनमा आउट गरेका हुन् ।

त्यसपछि भारतको स्कोर ५४ हुदँँ नेपाललाई अर्को सफलता मिलेको थियो । हरि बहादुर चौहानले नेपालका लागि दोस्रो विकेट लिएका हुन् । हरिले जय राजुभाईलाई व्यक्रिगत ७ रनमा प्याविलियनको बाटो देखाएका हुन् ।

२० औं ओभरमा नेपालले तेस्रो सफलता हात र्पायो । नेपालमा लागि शेर मल्लले नेपाललाई सफलता दिलाएका हुन् । मल्लले अर्जुन प्रसाद मुर्तीलाई व्यक्तिगत ११ रनमा आउट गरे । यो सँगै भारत २० ओभरमा ३ विकेटको गुमाउदै ९१ रन बनाएको थियो ।

भारतको चौथो विकेट २१ ओभरको दोस्रो बलमा ९३ रनको स्थितिमा गुमाएको हो । नेपाललाई लोकेस बमले साई भारद्वाज सुर्दशनलाई रन आउट गरेका थिए । सुर्दशन ६३ बलमा व्यक्तिगत ३४ रन बनाउँदै रन आउट भए ।

त्यस्तै पाचौं विकेट भारतको रेड टिमले ११५ रन बनाउँदा गुमाउन पुग्यो । नेपालका शेर मल्लले भारतका समिर हसन रिज्बीलाई व्यक्तिगत १६ रनमा पविलिएनको बाटो देखाएका थिए् ।

। त्यस्तै भारतका लागि सर्बाधिक ७४ रन बनाएका धु्रब जुरेल नेपाली बलर शेर मल्लद्धारा ४२ औं ओभरमा एलबिडब्लुको धरापमा परे । उनले ६५ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै सर्बाधिक ७४ रन बनाएका थिए ।

सातौं विकेटका रुपमा भारतले नितश कुमार रेड्रडीलाई ४४.२ ओभरमा व्यक्तिगत ३० रनमा गुमायो । नेपालका बलर आकाश चन्दले आउट बनाएका हुन् ।

आठौं विकेटका रुपमा भारतलाई अर्को झड्का लाग्यो । ४६ औं ओभरको पाचौं बलमा नेपालका कप्तान रित गौतमले देवोप्रतिम हलदारलाई रनआउट गरेका हुन् । उनले ३ बलमा १ रन मात्र बनाएका थिए ।

नवौं विकेटको रुपमा भारतको स्कोर २४६ रन हुदाँ कृतज्ञ कुमार सिंहलाई व्यक्तिगत २६ रनमा गुमायो । कृतज्ञलाई नेपाली बलर प्रतिस जिसीले एलबिडब्लुको धरापमा परे ।
त्यस्तै अन्तिम विकेटका रुपमा िरसब बनसल रन अाउट भए ।

नेपालका लागि शेर मल्लले ३, अाका हरिबहादुर चाैहानले २ तथा आकाश चन्दले २ तथा हरि बहादुर चौहान र प्रतिस जिसीले १–१ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest