भारतको रातो टिमसँग नेपाल यू-१९ को फराकिलो हार

भारतमा जारी अण्डर नाइन्टिन च्यालेञ्जर्स क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो पराजय भोगेको छ । भारत ए टिमसँगको खेलमा नेपाल १०७ रनले पराजित भयो । यो पराजयसँगै नेपालको फाइनल पुग्ने सम्भावना न्यून बनेको छ ।

बैंग्लोरस्थित राजिव गान्धी स्टेडियममा भारत ए टिमले दिएको दुई सय ४८ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा नौ विकेट गुमाउँदै १४० रनमा सिमित भयो । नेपालको इनिङमा विशाल विक्रम केसीले अर्धशतकीय योगदान दिँदा अन्यको प्रदर्शन विर्सन लायक रह्यो ।

ब्याटिङ लाइनका अन्य खेलाडीहरु सस्तैमा आउट हुँदा यू–१६ टिमका कप्तान विशालले संयमित ब्याटिङ गरे । एक विकेट गएपछि क्रिजमा आएका विशालले ११ चौका प्रहार गर्दै ६९ रनको योगदान दिए । शेर मल्लले २१ रन र आकाश चन्दले १९ रन बनाउँदा अन्य कसैले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपालका कप्तान रित गौतमले ५ रन बनाए । तीन खेलाडीले खाता नै खोल्न सकेनन् । हरि बहादुर चौहान, कुसल मल्ल र लोकेश बम शुन्य रन मै आउट भए । त्यस्तै अरुण एैरी ७ तथा खडक बोहराले ३ रन मात्र जोड्न सफल भए ।

नेपाललाई हराउनका लागि भारत ए टिमका नितिस कुमार रेड्डी र समिर रिज्भीले दुई–दुई विकेट लिए भने दशरथ कुमार, कल्यान हाल्दर, कृतज्ञ कुमार सिंह र याशस्भी जैसवालले एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत एले ४८ ओभर दुई बलमा सबै विकेट गुमाउँदै एक सय ४७ रन बनाएको थियो । भारतका लागि ध्रुव चन्द्र जुरेलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै साई भारद्वाज सुदर्सनले ३४, यशस्वी जैशवालले ३३, नितिस कुमार रेड्डीले ३० रन जोडे । बलिङतर्फ शेर मल्लले तीन विकेट लिए भने आकाश चन्दले दुई विकेट हात पारे । प्रतिश जिसी र हरिबहादुर चौहानले पनि एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest