बंगलादेशमा बिहिबारबाट आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि नेपालले अन्तिम तयारी गरेको छ ।
प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपालले भोलि भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
Discussion about this post