एसीसी इमिर्जिङ टिम्स कप अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशमा जारी प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन बनाएको थियो ।
Youngster Pawan Sarraf steadied the ship against #IndiaU23#IndiaU23 with an excellent half century to take Nepal to 193. Nepal were all out in 44.5 overs
#nepvindu23#NEPvINDU23 #CricNepal#cricnepal #nepal#nepal #NepalCricket#nepalcricket #cricket#cricket pic.twitter.com/EV3wcAFRWu
— cricnepal.com (@cricnepal) November 14, 2019
नेपालका लागि पवन सर्राफले अर्धशतकीय योगदान दिए । उनले ५६ रन बनाएका थिए । पवनले ४०औं ओभरको पहिलो बलमा यस राठोरको बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । खेलमा पवनले ४९ बलमा सात चौका र दुई छक्का प्रहार गरेका थिए । त्यसअघि शरद भेषावकरले ४४ रनको योगदान दिए । ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल दुई बल सामना गरेर शुन्यमै आउट भए । त्यसपछि कुशल भुर्तेल र शरद भेषावकरले ५४ रनको साझेदारी गरे । १८औं ओभरमा भुर्तेल ब्यक्तिगत २८ रन बनाएर बोल्ड भए । त्यसपछि क्रिजमा आएका आरिफ शेख पनि दुई रनमा आउट भए ।
शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ४४ रनको साझेदारी गरेपछि दिपेन्द्र ब्यक्तिगत २४ रनमा आउट भए । दुई रन थप गरेपछि शरद पनि ब्यक्तिगत ४४ रनमा आउट हुँदा नेपालले १०४ रन बनाएको थियो ।
सोमपाल कामी र विनोद भण्डारीले दोहोरो अंकको रन बनाउने सकेनन् । त्यसपछि करण केसीले २० रन बनाए ।
बलिङतर्फ सौरभ दुबेले चार विकेट लिए भने यस राठोरले तीन विकेट हात पारे । पर्थ रेखाडेले दुई थता सिद्धार्थ देसाईले एक विकेट लिए ।
Discussion about this post