इमर्जिङ एसिया कप: नेपाल भारतसँग ७ विकेटले पराजित

एसीसी इमर्जिङ एसिया कपमा भारतले नेपाललाई ७ विकेटले हराएको छ ।

१ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारतका सनबीर सिंहले ७३ बलमा ४ चौका सहित ५६ रनको योगदान दिए । उनलाई ३९ ओभरको पाँचौ बलमा करण केसीले ललित नारायण राजवंशीबाट क्याच आउट गराए । त्यस्तै अर्मान जाफर ७७ बलमा समान १ चौका र छक्का सहित ५१ रनमा अविजित रहे ।

तेस्रो विकेटको लागि सनबीर र अरमानले ९७ रनको अविजित साझेदारी गर्दै सहज जित पक्का गरे । ओपनर तथा कप्तान बी आर शरथ ४९ रनमा आउट भए । उनलाई सुसन भारीले १५ ओभरको तेस्रो बलमा एलबी डब्लू आउट गरेपछि अर्ध शतक बनाउन १ रनले चुकेका थिए । उनले ४९ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।

अर्यान जुरेललाई १६ ओभरको पाँचौ बलमा ललित नारायाण राजवंशीले २९ रनमा एलबी डब्लू आउट गरे उनले ४३ बलमा ३ चौका प्रहार गरे । पहिलो विकेटका लागि जुरेल र शरथले १४।३ ओभरमा ७४ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए । नेपालका करण केसी, सुसन भारी र ललित नारायाण राजवंशीले १–१ विकेट लिए ।

त्यसअघि विहीबार टस हारेर ब्याटिङ थालेको नेपाल ४५ ओभरमा १ सय ९३ रनमा अल आउट भएको थियो। नेपालका लागि पवन सरार्फले ४९ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । पवनले ४१ ओभरको पहिलो बलमा यश राठोडलाई चौका प्रहार गर्दै सिनियर टोलीको लागि आफ्नो पहिलो अर्ध शतक पुरा गरेका थिए । ४५ ओभरको तेस्रो बलमा सौरभ दुबेले पवनलाई एलवीडब्लू आउट गरेका थिए ।

१८ ओभरको चौथो बलमा पार्थ रेखाडेले बोल्ड आउट गर्नुअघि यसै खेलबाट नेपाली टोलीमा डेब्यू गरेका ओपनर कुशल भुर्तेलले ६० बलमा ४ चौका सहित २८ रन जोडे । पार्थले नै २० ओभरको पहिलो बलमा आरिफ शेखलाई २ रनमा क्याच आउट गराए । दोस्रो विकेटका लागि शरद र कुशल भुर्तेलले १ सय ४ बलमा ५४ रनको साझेदारी गर्दै नेपाललाई सरुवाती संकट टारेका थिए ।

२९ ओभरको दोस्रो बलमा यश राठोडले सिद्धार्थ देसाईबाट उप कप्तान दीपेन्द्र सिंह ऐरीलाई २४ रनमा क्याच आउट गराए । ऐरीले ३१ बलमा ३ चौका प्रहार गरे ।

चौथो विकेटका लागि शरद र दीपेन्द्रबीच ४४ रनको साझेदारी भएको थियो । दीपेन्द्र आउट भएको चार बल पछि शरद ४४ रनमा एलबी डब्लू आउट भए। शरदले ७६ बलमा समान १ चौका र छक्का प्रहार गरे । ३४ ओभरको पाँचौ बलमा विनोद भण्डारीलाई ५ रनमा सिद्धार्श देसाईले क्याच आउट गराए । सौरभ दुबेले सोमपाल कामीलाई २ रनमा आउट गर ।

करण केसीले १६ बलमा समान १ चौका र छक्का सहित २० रनको योगदान दिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest