सन्दिप तेस्राे सिजनपनि दिल्लीबाट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले आगामी सिजनको इण्डियन प्रिमियर लिग  क्रिकेट दिल्ली क्यापिटल्सबाटै खेल्ने भएका छन् ।

दिल्लीले सन्दीपलाई आगामी सिजनका लागि रिटेन गरेको छ । दिल्लीले शुक्रबार सामाजिक संजालबाट सन्दीपसहित १४ खेलाडी रिटेन गरेको जनाएको छ ।

सन्दीपले यस अघि दुई सिजन दिल्लीबाट खेलिसकेका छन् । सन्दीपलाई २० लाख भारुमा दिल्लीले अनुबन्ध गरेको थियो । र, गत सिजन पनि दिल्लीले २० लाखमै रिटेन गरेको थियो ।

नेपालका ग्लोबल आइकन सन्दीपले आईपीएलको डेब्यु सिजन ५ विकेट लिएका थिए । दोस्रो सिजन सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए ।

दिल्लीले यस सिजनका लागि रविचन्द्र आश्विन र अज्निका रहानेलाई भित्र्याएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest